शुक्रबार, मंसिर ७ गते २०८१

टंगालबाट भद्रकालीतिर लागे मिटर ब्याज पीडित (तस्वीरहरू)

टंगालबाट भद्रकालीतिर लागे मिटर ब्याज पीडित (तस्वीरहरू)

अखबार दैनिक
मंगलबार, चैत १४ २०७९
  • टंगालबाट भद्रकालीतिर लागे मिटर ब्याज पीडित (तस्वीरहरू)

    काठमाडौं । आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौंको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन् ।

    images

    उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन् । बर्दिबासबाट पैदल यात्रा गर्दै काठमाडौं आएका उनीहरूलाई प्रहरी र महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए ।

    mi2.png

    त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो । त्यसपछि उनीहरू टंगालमै धर्ना बसेका थिए ।

    mi3.png

    टंगालमै आएर मुख्यसचिवले उनीहरूलाई धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर उनीहरूले प्रधानमन्त्रीलाई आफ्ना पीडा सुनाउने बताएका थिए । आफूहरूका माग पूरा नभएसम्म प्रदर्शन नरोकिने उनीहरूले बताएका छन् ।

    mi6.png
    mi7.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ