शुक्रबार, कात्तिक २३ गते २०८१

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

अखबार दैनिक
मंगलबार, चैत १४ २०७९
  • सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

    काठमाडौँ: सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेर आज बैठक बोलाएका हुन् ।

    आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । यसैगरी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य भागबन्डामा पनि प्याकेजमै सहमति गर्ने गरी छलफल अघि बढेको नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघ सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने रु भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार