शुक्रबार, मंसिर ७ गते २०८१

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

अखबार दैनिक
आइतबार, चैत १२ २०७९
  • नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

    काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images

    कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ