काठमाडौं । सामाजिकअभियन्तातारा बरालले वैदेशिक रोजगारीमागएका पीडितहरुको न्यायकालागिआफूहरु वैदेशिक रोजगार विभागमाजाँदा कुटाई खानुपरेको बताईन् । पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमाजाँदागतफागुन १६ गते भौतिक आक्रमण भएको उनले बताईन् । विभागकाप्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।
मेन पावरबाट सुरक्षितबनौं भन्ने सन्देश दिनकालागिआफूहरुले आज हेलमेट कार्यक्रम गरेको उनले बताईन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै अभियान्ता बरालले वैदेशिक रोजगारीको नियमकालागिविभिन्न सरकारी निकायभएपनि पीडितको गुनासो कसैले पनि नसुनेको बताईन् ।
‘वैदेशिक रोजगारीको नियमकालागि यहाँ स्थानीयनिकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाई गरिदिने कोहीपनि छैनन् । जनताको पसिनाले पालेको यतिधेरै निकाय हुँदा पनि किन यति धेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ?’–उनले प्रश्न गरिन ।
वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरासमेत लुटपाट भएको उनले बताईन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफीमागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरु मेनपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।
वैदेशिक रोजगारलाई नियमनगर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा पीडितका गुनासो सुन्ने भन्दापनि पीडितलाई थर्काउने र तर्साउने कामभइरहेको बरालको आरोप छ । आफू पीडितको गुनासो सुन्ने आधिकारिक कोहीनभएको उनले बताईन् । पीडितले पीडा लिएर आएपछि आफूले सहयोग गर्ने प्रयास गरिरहेको उनको भनाई छ ।
‘पीडितहरुको पीडा मैले सुन्न नसकेको हो । त्यहाँउजुर हालेको एक महिनासम्मपनिउनीहरुले खोजीगर्दैनन् । त्यो भएपछि पीडित हामीसँग आउँछ । म केहीहोइन । म यो खोजीगर्ने कोहीपनिहोइन । नेपालीजनतामात्रै हो । जनताको अधिकार छैन र पीडितको पीडा खोज्न ?उनले प्रश्नगरिन् ।
आफूले कसैको कामगरिदिएको वापतअहिलेसम्म कसैको एक रुपैयाँपनिनलिएको उनले बताईन् । कसैसँग पैसा लिएको प्रमाण भए सार्वजनिक गरिदिन पनि उनले चुनौतिदिइन् । बाबा मेनपावरका प्रज्ञान न्यौपानेले तारा बरालले पैसा खाएको आरोप लगाएको भन्दै उनले आपत्तिजनाईन् ।
साथै, वैदेशिक रोजगारकाक्रममा देखिने समस्यातत्काल समाधानका लागि उनले सरकारसँग आग्रहगरिन् । वैदेशिक रोजगार उद्दार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले युवाहरु घर जग्गाबन्धकी राखेर सपनाबोकी वैदेशिक रोजगारमागएपनि सरोकारवालानिकायले प्रवाभकारी समन्वयनगर्दा अहिले जटिल समस्या आइरहेको बताए । साथै, वैदेशिक रोजगारमा जानेहरुले पनिआफू जाने देश, काम, पाउने सुविधालगायतका कुरा राम्रोसँग बुझेर जानुपर्ने उनले बताए । आफूहरुले पीडितको पक्षमाबोल्दा मेनपावरले गुण्डाको ट्यागलगाएको उनले बताए ।