शुक्रबार, कात्तिक २३ गते २०८१

नेकपा रिभाइभ गर्न प्रचण्डलाई माधव नेपालको प्रस्ताव

नेकपा रिभाइभ गर्न प्रचण्डलाई माधव नेपालको प्रस्ताव

अखबार दैनिक
शुक्रबार, चैत १० २०७९
  • नेकपा रिभाइभ गर्न प्रचण्डलाई माधव नेपालको प्रस्ताव

    काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रि समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन्। शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष आफूले गरेको जानकारी दिएका हुन्।

    images

    “आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ रु,” नेपालले भने ।

    २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेकपा गठन भएको थियो । ०७९ को चुनावमा एमाले नेतृत्वको अहंकारले कम्युनिस्ट पार्टीले धक्का खाएको नेपालको अरोप थियो ।

    सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो। आन्तरिक विवादपछि नेकपा एमालेबाट विभाजन भएर माधव कुमार नेपालसहितका नेताले नेकपा एकिकृत समाजवादी गठन गरेका थिए ।

    तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन्।

    २०७९ को चुनावमा गठबन्धनबाट नेपाली कांग्रेसले धोका धोका दिएको ठहर नेकपा एस र माओवादी केन्द्रका नेताहरुले गर्दे आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार