शुक्रबार, कात्तिक २३ गते २०८१

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ ।

    images

    अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गर्नुभएको छ ।

    प्रधानमन्त्रीले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार