शुक्रबार, मंसिर ७ गते २०८१

विश्वभर लोकप्रिय र गुणस्तरीय ब्राण्ड माइडियाका घरायसी सामग्री अब नेपालभर सर्वशुलभ मूल्यमा उपलब्ध हुने...

विश्वभर लोकप्रिय र गुणस्तरीय ब्राण्ड माइडियाका घरायसी सामग्री अब नेपालभर सर्वशुलभ मूल्यमा उपलब्ध हुने...

अखबार दैनिक
आइतबार, चैत ५ २०७९
  • विश्वभर लोकप्रिय र गुणस्तरीय ब्राण्ड माइडियाका घरायसी सामग्री अब नेपालभर सर्वशुलभ मूल्यमा उपलब्ध हुने...

    काठमाडौं । विश्वभर लोकप्रिय र गुणस्तरीय ब्राण्ड माइडियाका घरायसी सामग्री अब नेपालभर सर्वशुलभ मूल्यमा उपलब्ध हुने भएका छन । इन्जिनियर्स क्वालिटी नेपालले आयात गरिएको चीनको नम्बर १ ब्रान्ड माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च  कार्याक्रममा उक्त कुरा बताइएको हो ।  काठमाडौंमा शनिवार (चैत ४ गते) सम्पन्न डिलर मिट तथा प्रडक्ट लन्च कार्यक्रममा आयातकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनिया कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो । सो डिलर मिटिङमा नेपालका सबै प्रदेशमा रहेका माइडियाका डिलरहरूको सहभागिता थियो ।

    images

    इन्जिनियर्स क्वालिटीले माइडियाका उत्पादनहरू २०७७ सालदेखि नेपालमा ल्याएर विक्री वितरण गर्न थालेको हो । चीनको नम्बर १ ब्राण्डमा पर्ने माइडियाका उत्पादनहरू उच्च गुणस्तरका मानिन्छन् । संसारका २ सयभन्दा बढी देशमा माइडियाका उत्पादनहरू निर्यात हुने गरेको उत्पादक कम्पनीले जानकारी दिएको छ ।

    इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आइओटी वाटर हिटर, आरओ फिल्टर, आइओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर विक्री वितरण गर्ने गरेको छ । माइडियाका सामानहरू नेपालका प्रमुख सबै शहरमा पाइन्छ ।

    c2.jpg

    माइडियाका उत्पादनहरू यही गुणस्तरको अन्य कम्पनीका उत्पादनभन्दा करिब २० प्रतिशत सस्तो मूल्य छ ।अर्थात् उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय सामान पाउनको लागि पनि माइडियाका उत्पादनहरू एक स्मार्ट विकल्प भएको छ ।

    कम्पनीले नेपालमा विक्रीपछिको सेवालाई पनि उच्च प्राथमिकतामा राखेको छ । माइडियाका ३ देखि १० वर्षसम्मको वारेन्टी छ । स्पेयर्स पार्टसमा कम मूल्य राखेर थप सुविधा प्रदान गर्ने प्रयास कम्पनीले गरेको छ ।माइडियाका उत्पादनहरू गुणस्तरीय र प्रभावकारी छन् । जस्तो कि माइडियाको चिम्नीले कमआवाजमा बढी धुवा फाल्छ ।

    c1.jpg

    ग्यास चुल्होले पनि अरू कम्पनीको चुल्होको तुलनामा २० प्रतिशत ग्यास खपत कम गरेर अरू कम्पनीकोभन्दा प्रभावकारी परफरमेन्स दिन्छ ।वाटर हिटरमा छिटै पानी तात्छ भने आरओ वाटर फिल्टरले अरूको भन्दा शुद्ध पानी तान्ने र विद्युत् कम खपत गर्ने गर्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ