सोमबार, जेठ ७ गते २०८१

ट्वीटर एकाउण्ट ह्याकबारे अनुसन्धान गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको पत्र

ट्वीटर एकाउण्ट ह्याकबारे अनुसन्धान गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको पत्र

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • ट्वीटर एकाउण्ट ह्याकबारे अनुसन्धान गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको पत्र

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रुपमा आग्रह गरेको छ ।

    images

    शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरु हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न’ भनिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो ।

    तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरु बताउँछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार