सो क्रममा उनीहरुले भित्रबाट केही कुर्सी गेटमा ल्याएर नाराबाजी समेत गरेका छन् । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन भने त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन् ।
बहिर ल्याएर राखिएको कुर्सीमा चुनाव गराउन नसक्ने क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचनालगायतका पोस्टर टाँस गरेर विरोध जनाइएको छ। भर्नालगायतको विवादका कारण त्रिचन्द्रमा स्ववियु निर्वाचन अधि बढाउन विवाद हुँदै आएको छ।