सोमबार, असार २४ गते २०८२

नागरिक समूहको सिमानामा पर्खाल लगाऔं अभियान सुरु

नागरिक समूहको सिमानामा पर्खाल लगाऔं अभियान सुरु

अखबार दैनिक
मंगलबार, असोज १४ २०७६
  • सामाजिक क्षेत्रमा काम गरिरहेको नागरिक समूहले एक बिशेष कार्यक्रमको आयोजना गरि ‘खुला सिमानामा पर्खाल लगाऔं’ अभियानको सुरूवात गरेको छ । दुई देशतिर खुला सीमा रहेका कारण सिमाना मिच्न नदिई माटोको रक्षा गर्न, खुला सिमानामाको फाईदा उठाउदै हुने बिभिन्न आतंककारी गतिबिधिहरू हत्याहिंसा, चन्दा, अपहरण जस्ता आपराधिक गतिबिधिहरू अन्य गर्नका लागि सीमामा पर्खाल लगाउनु पर्ने नागरिक समूहका अध्यष निगम हुमागाईंले जानकारी दिए । खुला सिमानाका कारण भारत र चीन बिरोधी कृयाकलापहरू रोक्न, खुल्ला सिमानाको कारणले हुने नक्कलि नोटको तस्करी, पशुपंक्षी, जडिबुटिहरूको तस्करी, महिला तथा बालबालिका तथा मानब बेचबिखन लगायतका तस्करीहरू रोक्न पनि पर्खाल लगाउनुको विकल्प नभएको उनले बताए । खुला सीमाको फाईदा उठाउँदै बिभिन्न गिरोहहरूले सिमानाका नागरिकहरूलाई दिने अनावश्यक दुःख दिने, गुण्डागर्दी गर्ने लगायतको अन्त्य गर्दै राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सिमाना पर्खाल लगाउनु पर्ने अध्यक्ष हुमागाँईले बताए । सिमानामा पर्खाल अत्यन्तै आवश्यक रहेको भन्दै सिमाबासीले पनि सो अभियानको स्वागत गरेका छन् । ‘देशको सिमानाको रक्षाका लागी ज्यान दिन तयार छौं,सिमाड्कन गरि पर्खाल लगाउनु आवश्यक छ, हामी महिला बालबालिका,बृद्ववृद्वा सवै धर्म ,जाती,समुदाय,राजनैतिक पार्टिहरू यस अभियानमा एकबद्व भई साथ दिन्छौं’ सुस्ता बचाउ अभियान कि महिला नेतृ लैना बेगमले भनिन् । नागरिक समूहका अध्यक्ष निगम हुमागाँईको नेतृत्वमा सचिब कृष्ण प्रसाद पौड्याल, अभियन्ताहरू अर्जुन भूषाल, लक्ष्मण बजगाँई, प्रविन अर्याल लगायतको टोली सुस्ता पुगि स्थलगत जानकारी लिएको हो । अभियानलाई सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ, उपाध्यक्ष आदम खाँ, महिला नेतृ लैला बेगम, रविन्द्र जैसवाल लगायतलाई सुस्तावासीले भव्य स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार