काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सोमबार लण्डन जाने हुनुभएको छ।
यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली सोमबार साँझ लण्डन जान लागेको हो ।
टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद जैसवाल रहेको मेयर साहको सचिवालयले जनाएको छ ।
मेयर साहले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिनुभएको छ ।