काठमाडौँ - जनयुद्धकालिन माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको छ। माओवादी घटकका आठ राजनीतिक दलले आज सयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागिएकाे हो । आज मार्चा बनाएर जाने बिषयमा ठोस योजना सार्वजनिक हुनसक्ने बताइएको छ।
दिउँसाे २ बजे प्रज्ञा भवन कमलादीमा हुने पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरिने सम्भावना छ । द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायअनुसार निवारण हुनुपर्नेमा नियमित अदालती प्रक्रियाबाट अगाडि बढाइएको भन्दै माओवादी पृष्ठभूमिका सबै दलहरू एक ठाउँमा उभिएका छन् ।