बिहीबार , कात्तिक २२ गते २०८१

एमाले-कांग्रेसको सम्बन्धबारे ओलीले भने- एक ठाउँमा नआउने भनेर कसम खाएको छैन

एमाले-कांग्रेसको सम्बन्धबारे ओलीले भने- एक ठाउँमा नआउने भनेर कसम खाएको छैन

अखबार दैनिक
बिहीबार , फागुन २५ २०७९
  • एमाले-कांग्रेसको सम्बन्धबारे ओलीले भने- एक ठाउँमा नआउने भनेर कसम खाएको छैन

    काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाँउमा आउन सक्ने संकेत गरेका छन् ।

    images

    बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ र केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन नसक्ने उल्लेख गरे ।

    उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।

    उनले संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर यसअघिको राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको उल्लेख गरे ।

    ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन । राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका बहन गर्नुपर्छ' ओलीले भने,'आलोचना संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा, एक त राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको छ । दुवै राष्ट्रपतिले यसअघि राम्रो काम गर्नुभएको छ ।’

    अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार