शुक्रबार, असोज ४ गते २०८१

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अखबार दैनिक
आइतबार, फागुन २१ २०७९
  • सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

    नेपालमा आज (आइतबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८०० रहेकोमा शुक्रबार रु १ लाख २ हजार ५०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख २ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा १० रुपैयाँ बढ्दै एक हजार २७५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ