शुक्रबार, असोज ४ गते २०८१

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

अखबार दैनिक
शुक्रबार, फागुन १९ २०७९
  • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    images


    जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवी ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी १३०० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना २२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

    ब्रोकाउली ५० रुपैयाँ, भान्टा लाम्चो ७० रुपैयाँ, भिण्डी १२० रुपैयाँ केजी र हरियो धनियाँ २० रुपैयाँ पाइने समितले जनाएको छ ।

    यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ