बिहीबार , कात्तिक २२ गते २०८१

‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी (भिडिओसहित)

‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी (भिडिओसहित)

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • ‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी (भिडिओसहित)

    काठमाडौं, १७ फागुन । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘हिन्दु महासभा’ को घोषणा गर्ने भएको छ । मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो । कार्यक्रम फागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गरिएकोे छ ।

    images

    मोर्चाका महामन्त्री रोहित पौडेलले अहिले नेपालीहरु संकटको घडीमा रहेको बताएका छन् । अर्थतन्त्र, सामाजिक सद्भाव र अन्तराष्ट्रिय चलखेलका हिसाबले अहिले देश संकटमा रहेको उनको दाबी छ । राजासहितको सनातन हिन्दुराज्य कायम हुनुपर्ने मान्यताका साथ आफूहरु नेपालीहरु माँझ आउन लागेको उनले बताए ।

    ‘नेपालको इतिहासमै आजसम्म सबैभन्दा बढी हामी संकटको घडीमा उभिरहेका छौं । हामीहरु यो संकटबाट यो देशलाई मोचन गर्न चाहन्छौं । जसका लागि हामीले भोलि दिनको १२ बजे नेपाल हिन्दु महासभा घोषणा गर्न गइरहेका छौं । धर्म भनेको जीवन ज्यूने कला हो, संस्कार हो, पद्धती हो र सभ्यता हो । यही संस्कार, सभ्यता र संस्कृतिभित्रै रहेर राजासहितको हिन्दुराष्ट्र कायम हुनपर्छ भन्ने मान्यताका साथ हामी नेपाली जनताकाबीचमा आएका छौं,’–उनले भने । यो कार्यक्रम नेपालको इतिहासमै कोशेढुङ्गाको रुपमा सवित हुने उनको दाबी छ ।

    सह–अध्यक्ष वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाललाई संवैधानिक राजसंस्थासहितको हिन्दु राज्य, अखण्ड नेपाल बनाउने अभियानमा सामेल भएको बताए । साथै, समान विचार र धारणा भएका संघ–संस्थाहरुसँग सहकार्यका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा सकारात्मक रहेको बताए ।

    समान विचार धारा राख्ने भारतीय संस्था अखिल भारत हिन्दु महासभाको आमन्त्रणामा आफ्नो संस्थाका प्रतिनिधि भारतमा भएको कार्यक्रममा सहभागी भएकोसमेत उनले स्मरण गरे । भोलि हुन गइरहेको कार्यक्रममा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र अखिल भारतीय हिन्दु महासभाबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको पनि उनले जानकारी गराए ।

    ‘हामीले हाम्रा विचार मिल्ने राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिसँग सहकार्य गर्ने प्रयत्न गरिरहेका छौं । यो कामका लागि भोलि हस्ताक्षर गर्दैछौं । अहिले नेपालको हिन्दुराज्य र राजसंस्थाको पहिचानलाई किन अन्त्य गर्नुपथ्र्यो ? अहिले भर्खरै नेपालको परराष्ट्रमन्त्री जेनेभाको मानवअधिकार सम्मेलनमा जान लागिराख्दा राजनीतिक परिवर्तनका कारणले उहाँहरुले जसरी रोक्नुभयो त्यो आफ्नो ठाउँमा छ । सत्ता परिवर्तन हुनेवित्तिकै नेपालले परराष्ट्रमन्त्रीलाई जानबाट रोक्यो र एक जना त्यससँग ज्ञाता हो भनेर पठाइयो । जसले गर्दा नेपालको छविमा प्रतिकूल असर पर्यो,’– उनले भने ।
    सरकारको उक्त कदम नेपालको समप्रभुता र स्वाधिनताको विरुद्धमा भएको उनले बताए । मुलुकको बेइज्जत गर्ने काम दिल्लीमा भएको १२ बुँदे सम्झौताबाटै भएको उनको आरोप छ । नेपालको राष्ट्रियता, स्वाधिनता, समप्रभुता र धर्म संस्कृतिको रक्षाका लागि आफूहरु लागि परेको उनको दाबी छ ।

    संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष एवं कार्यक्रमका सभापति तारानाथ लुँइटेलले आन्दोलनका बेला मुलुकलाई जापन र स्वीजरल्याण्ड बनाउँछौं भन्ने दलहरुले अहिले आन्दोलन नसकिँदै स्वीस बैंकमा पैसा राखेको आरोप लगाए । अहिले राजामहाराजाले यही मुलुकमा बसेर उपचार गरिरहेको अवस्थामा नेताहरुको उपचारमा धेरै रकम विदेशमा खर्च गर्नुपरेको उनले दुःखेसो पोखे ।

    राजा रहँदा प्रतिव्यक्ति सात हजार ऋण रहेकामा नेताहरुले त्यसलाई बढाएर ८० हजारभन्दा माथि पुर्याएको उनको आरोप छ । आफूहरुले नेपालमा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था कायम गराउन अखिल भारतीय हिन्दु महासभासँग सहकार्य गर्न तयार रहेको उनले बताए । राजा वीरेन्द्रलाई कसले मारेको भन्ने बारेमा कुनै खोज नगरी ज्ञानेन्द्रलाई त्यसको आरोप लगाएको उनले बताए । आफूहरुको आन्दोलन नेपालमा हिन्दुराज्य र संवैधानिक राजतन्त्र कायम नभएसम्म निरन्तर रहने उनको दाबी छ ।

    वरिष्ठ उपाध्यक्ष देवराज आचार्यले अब देशमा परिवर्तनको घडी आएको दाबी गरे । विदेशीको डिजाइनबाट हिन्दु अधिराज्यको अन्त्य गराइएको उनको आरोप छ ।

    यो देशमा संवैधानिक राजतन्त्र स्थापना भएको खण्डमा सबै समस्याको समाधान हुने मोर्चाको बुझाइ छ । कार्यक्रममा मोर्चाका पदाधिकारीहरु कृष्णप्रसाद लुईँटेल, ईश्वरी भट्टराई, शम्भु चौरसिया, वेदराज आचार्य, अम्मर केसी, रोहित पौडेल, अजय पौडेललगायतको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार