दोलखा — राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि बिहीबार दोलखा आइपुगेकी छिन् । उनले भीमेश्वरमा करिब आधा घण्टा रूद्री पूजा गर्ने कार्यक्रम पनि रहेको छ ।
उनलाई भीमेश्वर मन्दिरमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियासहित पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले स्वागत गरेका छन् । राष्ट्रप्रमुखका रूपमा उनको यो पहिलो दोलखा भ्रमण हो ।राष्ट्रपति भण्डारीले टुकी किसानसँग चरिकोटमा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ ।