बिहीबार , कात्तिक २२ गते २०८१

ललितपुर महानगरले गर्‍यो १० सहकारी खारेज

ललितपुर महानगरले गर्‍यो १० सहकारी खारेज

अखबार दैनिक
आइतबार, फागुन १४ २०७९
  • ललितपुर महानगरले गर्‍यो १० सहकारी खारेज
    ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ ।

    महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो । महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

    images

    खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ । महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’

    हेर्नुहोस् खारेजीको सूचीः

    प्रतिक्रिया दिनुहोस

    थप समाचार