शुक्रबार, असोज ४ गते २०८१

बेलफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

बेलफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अखबार दैनिक
आइतबार, फागुन १४ २०७९
  • बेलफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    १४ फागुन, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले लिमिटेले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

    images

    सर्वसाधारणलाई आईपीओ जारी गरी १० जेठ २०७९ मा नेप्सेमो सूचीकृत भई दोस्रो बजारमा सूचीकृत भएको कम्पनीले आईपीओ निष्कासनको एक वर्ष पनि नहुँदै हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत प्रतिशत अथात् १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बैंकको कर्जा चुक्ता गर्ने उदेश्यले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

    सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृत भएपछि निष्कासन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ