आइतबार, मंसिर ९ गते २०८१

तुलसीको प्रयोग गर्नुहोस्, धेरै रोग हटाउनुहोस्

तुलसीको प्रयोग गर्नुहोस्, धेरै रोग हटाउनुहोस्

अखबार दैनिक
बुधबार, फागुन १० २०७९
  • तुलसीको प्रयोग गर्नुहोस्, धेरै रोग हटाउनुहोस्

    एजेन्सी । धार्मिक एवं परम्पराको दृष्टिकोणले पूजा गरिँदै आएको तुलसी वास्तवमै धेरै गुण भएको बोट हो । दैनिक जीवनमा तुलसीको प्रयोग गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । आयुर्वेदमा पनि तुलसीको प्रयोग र गुणलाई एकदमै महत्व दिएको पाइन्छ ।

    images

    यहाँ हामीले तुलसीबाट हुन सक्ने विभिन्न रोगको उपचारविधि र यसका फाइदा बारे बताउनेछौं । जसलाई पढेपछि तपाईं आजै आफ्नो घरमा तुलसीको बोट लगाउनुहुनेछ ।

    पेटका विभिन्न रोगमा
    पेटमा वायु बढिरहने, अपच एवं अम्लपित्त भइरहने व्यक्तिले तुलसीको पात पकाएर नित्य खाली पेटमा खाने गर्दा पेटको खराबी क्रमशः हट्दछ ।

    कलेजोको रोग भएमा नियमित खाली पेटमा तुलसीको चिया पिउने एवं तुलसीको रस १–२ चम्चा बिहान बेलुका खाने वा तुलसीको पात सफा गरेर १–२ वटा दिनहुँ खाने गर्दा लाभ हुन्छ ।

    पेटको अपच एवं अजीर्णको समस्यामा तुलसीको रसमा सुठो (सुकेको अदुवा) मिसाई खानाले फाइदा गर्छ । बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ ।

    बान्ता एवं वाकवाकी
    तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई केही मात्रा मह समेत राखी चटाउनाले बान्ता रोकिन्छ एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ । तुलसीको रसमा अलैंचीको धुलो मिसाई खाएमा बान्ता रोकिन्छ ।

    शीघ्र स्खलन
    तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा मह समेत मिसाई खाँदा शीघ्र स्खलनमा कमी हुन्छ । तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस समस्यामा फाइदा गर्छ ।

    घाउ खटिरा
    तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ । तुलसीको पात र बेसारको धुलोलाई मिश्रित गरी बनाएको लेप घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ ।

    तुलसीको बीउ, नीमको पात र बेसार लिएर पिस्ने, त्यसलाई थोरै तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि बाँकी रहेको लेदोलाई घाउ खटिरामाथि लेपन गर्ने गर्दा चिलाउने, दुख्ने, पोल्ने, मुख भएको नभएको आदि धेरै प्रकारको घाउ खटिरामा लाभ पाउन सकिन्छ ।

    खोकी
    तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३-४ पटक तातो पानी पिएर अन्त्यमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी हराउँछ ।

    टाउको दुखाइ
    टाउको दुखेमा निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि यसको रस लगाएर केहीबेरसम्म टाउकोमा हलुका मालिस गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ ।

    दाँत दुखेमा
    तुलसीको रस र कपुर तताएर दाँतमा च्यापिराखेमा दाँत दुखाइ ठीक हुन्छ ।

    डण्डीफोर र दागमा
    तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई लेदो मल्हमको रुपमा अनुहारमा लगाउने आधा १ घण्टापछि पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।

    स्वास गन्हाउने
    खाना वा खाजा खाएपछि मुखमा तुलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास र मुख गन्हाउने ठिक हुन्छ ।

    बच्चाको पेट र छातीको रोग
    यदि बच्चाहरुको पेट खराब भइरहन्छ भने तुलसीको पात पकाएर चियाको रुपमा खाने बानी बसाल्नुहोस् ।  घ्यारघ्यार हुने र खोकी लाग्ने छ भने तुलसीको पातको रस मनतातो पानीमा मिसाई खान दिनुहोस् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार