बिहीबार , कात्तिक २२ गते २०८१

राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

अखबार दैनिक
आइतबार, फागुन ७ २०७९
  • राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

    ७ फागुन, काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।

    images

    १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

    वि.स. २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार