आइतबार, वैशाख ८ गते २०८२

नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

अखबार दैनिक
बुधबार, फागुन ३ २०७९
  • नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

    ३ फगुन, काठमाडौं । नेपाल टेलिकमको फोन नेटवर्कमा फेरि समस्या आएको छ । बुधबार दिउँसो टेलिकमको फोनमा भनेकै समयमा कल नलाग्ने समस्या चर्को देखिएको छ ।

    images

    ३ माघमा पनि टेलिकमको टेलिफोन प्रणालीमा समस्या देखिएको थियो । सरकारले बनाएको समितिले टेलिकमले बिलिङ सिस्टममा कार्ड फेर्ने क्रममा लापरवाही गर्दा यस्तो समस्या आएको निष्कर्ष निकालेको थियो । फोन कलको बढी चाप हुने समयमै प्रणाली मर्मतको काम गर्दा समस्या भएको भन्दै सरकारले टेलिकमलाई सचेत गराएको थियो ।

    बुधबार कुन प्रणलीमा कस्तो समस्या भएको हो भन्ने टेलिकमले खुलाएको छैन । केही बेर प्रणालीमा समस्या आएपनि समाधान भइसकेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले फोन लाइनमा समस्या आएकोबारे ग्राहकलाई कुनै माध्यमबाट जानकारी पनि गराएको छैन ।

    ‘ट्राफिक कन्जेसनका कारण समस्या आएको थियो,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले समस्या छैन, थोरैबेर समस्या आएकाले सार्वजनिक जानकारी नगराएका हौं ।’ तर, सेवाग्राहीहरु भने अझै पनि भनेको समयमा फोन नलाग्ने समस्याबाट अझै ग्रसित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ