फागुन २ काठमाडौं । आज मिति २०७९ फाल्गुण ०२ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका
मित्रराष्ट्र अमेरिकाका Deputy Assistant Secretary in Bureau of South and Central Asian Affairs, Ms. Afreen Akhter बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।