माघ २६ काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्ने भएको हो । आज साँझ ५ बजे भर्चुअल माध्यमबाट सुरु हुने बैठकका लागि केन्द्रीय सदस्यहरूलाई जुम आइडी दिइएको छ ।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको छ।