शुक्रबार, मंसिर ७ गते २०८१

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

अखबार दैनिक
बिहीबार , माघ २६ २०७९
  • विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

    माघ २६ काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images

    लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार