शुक्रबार, मंसिर ७ गते २०८१

मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

अखबार दैनिक
बिहीबार , माघ २६ २०७९
  • मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

    २६ माघ, काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

    images

    बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

    उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।


    उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । सोही अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट एक लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

    माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

    कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीको लागि आईपीओ निष्कासन गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड बराबरको ३४ लाख कित्ता साधारण सेयरमध्ये निष्कासन गगर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशतले हुने १० करोड बराबरको १० लाख रुपैयाँ कित्ता सेयर निष्कासन गरेको थियो ।

    यस्तै यस्तै सर्वसाधारणको लागि छुट्याइएको २४ लाख कित्ता मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि दुई लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषलाई एक लाख २० हजार कित्ता र कर्मचारीको लागि ४८ हजार कित्ता छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार