शुक्रबार, मंसिर ७ गते २०८१

मोटरसाइकलको कर तिर्न बाँकी छ ?  फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट

मोटरसाइकलको कर तिर्न बाँकी छ ?  फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट

अखबार दैनिक
बिहीबार , माघ २६ २०७९
  • मोटरसाइकलको कर तिर्न बाँकी छ ?  फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट

    काठमाडौं । लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।

    images

    आर्थिक वर्ष ०७०/०७१ देखि ०७५/०७६ सम्मको कर नबुझाएका मोटरसाइकल धनीलाई यातायात व्यवस्था कार्यालय  मोटरसाइकल काठमाडौंले २०७९ फागुन मसान्तसम्म पुरानो कर भुक्तानीमा लाग्ने जरिवाना मिनाह गर्ने भएको छ।

    कार्यालयले उक्त समयमा पनि पुरानो बक्याैता भुक्तानी नगरेमा कानुन अनुसार कारबाही गर्ने भएको छ। साथै ट्राफिक प्रहरी कार्यालयहरूमा रहेको सवारी समेत रकम बुझाएर लैजान आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार