आइतबार, मंसिर ९ गते २०८१

बोर्डको उक्साहटमा नलाग्न निर्माता संघलाई अशोक शर्माको सुझाव

बोर्डको उक्साहटमा नलाग्न निर्माता संघलाई अशोक शर्माको सुझाव

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • बोर्डको उक्साहटमा नलाग्न निर्माता संघलाई अशोक शर्माको सुझाव

    सेयर बाँडफाँडको विषयलाई लिएर उत्पन्न नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीचको विवाद पेचिलो बन्दै गएको छ । यो समस्या समाधान गर्न दुवै संस्थाले संयुक्त कार्यदल बनाए पनि आइतवार निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई बुझाएको ज्ञापनपत्रको केही बुँदामा चलचित्र संघले आपत्ति जनाउँदै एक हप्ताभित्र स्पष्ट धारणा नआए कार्यदल भंग गर्ने चेतावनी दिएको छ ।

    images

    निर्माता संघले ज्ञापनपत्रमा वितरकहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्यकोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिने, आपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर आरोप लगाएको भन्दै एक हप्ताभित्र आफ्नो स्पष्ट धारणा सार्वजनिक नगरे कार्यदल भंग हुनुका साथै निर्माता संघको वर्तमान नेतृत्व रहँदासम्म कुनै सहकार्य, छलफल र वार्ता नगर्ने चलचित्र संघले निर्णय गरेको छ ।

    निर्माता संघका अध्यक्षसहितले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रको केही बुँदाप्रति निर्माता संघका पूर्व अध्यक्ष तथा चलचित्र संघका पूर्व महासचिव अशोक शर्माले पनि असन्तुष्टि व्यक्त गरेका छन् । निर्माता संघले चलचित्र विकास बोर्डको उक्साहटमा लागेर काम गरिरहेको उनको आशय छ । बोर्डको उक्साहटमा फिल्मकर्मी तथा संघ-संस्थाले कुनै पनि कार्य गर्न नहुने शर्माले बताएका छन् ।

    उनी फेसबुकमा लेख्छन्, 'नेपाल चलचित्र संघको प्रेस विज्ञप्तिमा उल्लेख भए बमोजिम विदेशी मुद्राको अपचलन, राज्यकोषको दोहन, अपराधिक क्रियाकलापमा संलग्न जस्ता बुँदाहरु निर्माता संघको ज्ञापनपत्रमा समावेश गरिनु दुराशयपुर्ण कार्य हो । त्यसलाई तुरुन्त हटाई चलचित्र संघसित समग्र निर्माताको हितमा कार्य हुने गरि विश्वासको वातावरण बनाउनु नै नेतृत्वको परिपक्वता हो ।'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार