बुधबार, कात्तिक २१ गते २०८१

सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता

सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता

अखबार दैनिक
बुधबार, माघ २५ २०७९
  • सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता

    २५ माघ काठमाडौं। सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    images

    सो अवसरमा ‘एक चीन नीति’ प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।

    चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार