आइतबार, मंसिर ९ गते २०८१

३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

अखबार दैनिक
मंगलबार, माघ २४ २०७९
  • ३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान
     

    ३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमानपपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् । यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनित भएकी थिइन् ।

    images

    बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिन्दै ग्रामीको इतिहास आफ्नो पोल्टामा पारेकी हुन् । २० वर्षयता सोल्टीको रेकर्डलाई कसैले उछिन्न सकेको थिएन ।

    पछिल्लो एल्बम ‘रेनेसान्स’बाट बियोन्सेले उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक विधामा जित हासिल गरिन् । उनको गीत ‘कफ इट्’ले सर्वश्रेष्ठ आरएण्डबी विधामा जित्यो । ‘म धेरै भावुक नहुन कोसिस गर्दैछु,’ ग्रामी समारोहको टेलिकास्टमा उनले भनिन्, ‘म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’ उनले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिइन् ।

    उनका अन्य दुईवटा अवार्ड चाहिं लाइभ टेलिकास्ट नभएको समयमा दिइयो, जसमा गीत ‘ब्रेक माइ सोल’लाई नृत्य/इलेक्ट्रोनिक रेकर्ड र ‘प्लास्टिक अफ द सोफा’लाई आरएण्डबी विधाका लागि पुरस्कृत गरियो । बियोन्सेले यसअघि नै एचआईभीविरुद्धको लडाइँले नृत्य संगीतमा उनको रुचि र लैंगिक अल्पसंख्यक समुदायको ऐतिहासिक सम्बन्धलाई उक्त एल्बम ‘रेनेसान्स’मा प्रभावित तुल्याएको बताएकी थिइन् ।

    ह्यारी स्टाइल्सले शीर्ष पुरस्कार मानिने एल्बम अफ द इयर जिते । उनको एल्बम ‘ह्यारीज हाउस’ वर्ष एल्बम घोषित भयो । विश्व संगीत उद्योगको प्रतिष्ठित मानिने ग्रामी समारोह नेपाली समयानुसार आज (सोमबार) बिहान पौने ७ बजेदेखि सुरु भएको थियो । कार्यक्रममा एडेल, ह्यारी स्टाइल्स, टेलर स्वीफ्ट, लिज्जो, सानिया ट्वेन र स्टिभ वन्डर लगायत सहभागी थिए ।

    प्रमुख सूची :

    १) रेकर्ड अफ द इयर : अबाउट ड्याम टाइम (लिज्जो)

    २) एल्बम अफ द इयर : ह्यारिज हाउस (ह्यारी स्टाइल्स)

    ३) सङ अफ द इयर : जस्ट लाइक द्याट (बोनी राइट)

    ४) बेस्ट न्यु आर्टिस्ट : समारा जोय

    ५) बेस्ट पप सोलो पर्फमेन्स : इजी अन मी (एडेल)

    ६) बेस्ट डान्स म्युजिक एल्बम : रेनेसान्स (बियोन्से)

    ७) बेस्ट आरएण्डबी सङ : कफ इट (बियोन्से)

    ८) बेस्ट आरएण्डबी एल्बम : ब्ल्याक रेडियो थर्ड (रोबर्ट ग्लास्पर)

    तस्वीरहरु

      

    प्रतिक्रिया दिनुहोस

    थप समाचार