शुक्रबार, मंसिर ७ गते २०८१

दुई दिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आज बढ्यो, प्रतितोला कति?

दुई दिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आज बढ्यो, प्रतितोला कति?

अखबार दैनिक
सोमबार, माघ २३ २०७९
  • दुई दिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आज बढ्यो, प्रतितोला कति?

    सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। दुई कारोबार दिन अर्थात् शुक्रबार र आइतबार प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार