बुधबार, कात्तिक २१ गते २०८१

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

अखबार दैनिक
बुधबार, माघ १८ २०७९
  • सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

    १८ माघ, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर बिजोग भएको छ ।

    images

    हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

    एक जना स्थानीयले त्यही फोहोरमा चिप्लिएर दुई जना मानिस लडेको देखेको बताए । ‘दुई जना मानिसहरु ढलमा चप्लिएर लडेको मैले देखें । सडक पूरै फोहोरै फोहोर छ, तर सफा गरिएको छैन,’ उनले भने ।

    328432493_588406589319455_2431849558804075828_n.png

    328755573_584313473673305_1611401043998518628_n.png
    undefined
    327960186_539539074626465_5869437360068022168_n.png
    undefined

    327527008_549589543802478_3326923964660081550_n.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार