बुधबार, कात्तिक २१ गते २०८१

रवि लामिछाने आज नेपालकाे नागरिकता लिने प्रक्रियामा जाने

रवि लामिछाने आज नेपालकाे नागरिकता लिने प्रक्रियामा जाने

अखबार दैनिक
आइतबार, माघ १५ २०७९
  • रवि लामिछाने आज नेपालकाे नागरिकता लिने प्रक्रियामा जाने

    काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

    images

    गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । यसअघि नै नागरिकता लिने प्रक्रियामा दम्भ देखाएर नगएका लामिछाने साेही कारण मन्त्रीबाट पदच्यूत भएका थिए ।

    जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।

    प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।´

    प्रतिक्रिया दिनुहोस

    थप समाचार