काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् । कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।
भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकतामा निराशा हुन्छ भन्ने हेक्का छ ।’ तर प्रेमप्रसादमा आश जगाउन नसकेको भन्दै परिवारसँग क्षमा समेत मागेका छन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।