बिहीबार , चैत २८ गते २०८१

ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण

ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण

    काठमाडौं । सन् २०२३ को ओस्कार अवार्डका लागि मनोनयन भोलि (बुधबार) बिहान घोषणा हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसपटकको अवार्डमा धेरै कीर्तिमान तोडिने सम्भावना छ । टपगन, अवतार र ब्ल्याक प्यान्थरका नयाँ श्रृंखलाको दबदबा यसपटक हुने अपेक्षा गरिएको छ ।

    images

    सम्भवतः आइरिस फिल्म र अभिनेताको बलियो उपस्थिति मनोनयनमा हुने अपेक्षा छ । हलिउड स्टुडियो मार्भलका फिल्महरुले मनोनयनमा आफूलाई सुरक्षित बनाउन सक्छन् । जिमी किमेलले यस वर्षको समारोह होस्ट गर्नेछन् । ओस्कार समारोह जुन १२ मार्चमा हुने तय छ ।

    अहिले चर्चामा रहेका फिल्महरु ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ र ‘द बान्सी अफ इनसिरिन’ फिल्म धेरै विधामा मनोनयन हुने सम्भावना छ । एल्भिस, टार, द फेबलम्यान्स, अल क्वीट अन द वेस्टर्न फ्रन्ट र द ह्वेल फिल्म पनि मनोनयन हुने बलियो सम्भावना छ ।

    २०२३ को सर्टलिस्टले एकै वर्षमा उत्कृष्ट फिल्मको लागि मनोनित गरिएका सिक्वेलको सबैभन्दा ठूलो संख्या प्राप्त गर्न सक्छ, जसमा टपगन माभेरिक, अवतार  द वे अफ वाटर, ब्ल्याक प्यान्थर  वाकाण्डा फरेभर प्रमुख सिक्वेल हुन् । ग्लास ओनिअन : नाइभ्स आउट मिस्ट्रि पनि यसअन्तर्गत पर्न सक्छ ।

    ‘वाकान्डा फरेभर’मा एन्जेला बासेटको अभिनयको लागि उत्कृष्ट सहायक अभिनेत्रीको मनोनयन हुन सके मार्भलका लागि यो पहिलो मनोनयन हुन सक्छ । सन् २०१९ मा पहिलो ‘ब्ल्याक प्यान्थर’ फिल्म उत्कृष्ट फिल्मको रुपमा मनोनयन भएको थियो । त्यतिबेला मार्भल सिनेम्याटिक युनिभर्सका कलाकार अन्य फिल्मका लागि मनोनित भएका थिए तर सुपरहिरो फिल्मका लागि भने होइन ।

    यसअघि मार्भलका फिल्महरु कुल १९ विधामा मनोनित भएका थिए जसमा अधिकांश प्राविधिक विधा थिए । यस वर्षको ओस्कारमा आइरिस कलाकारको लागि विशेष रूपमा बलियो प्रस्तुति हुनसक्छ । बान्सी अफ इनिसेरिनकोबाट चार जना कलाकार कोलिन फारेल, ब्रेन्डन ग्लेसन, ब्यारी केओघन र केरी कोन्डन मनोनित हुन सक्छन् ।

    यो फिल्मले आयरल्याण्डको पश्चिमी तटमा रहेको टापुमा दुई साथीलाई पछ्याउँछ । स्टीवन स्पिलबर्गको आत्मकथात्मक नाटक ‘द फेबेलम्यान्स’को लागि मिसेल विलियम्सको सम्भावित नामांकनमा यस वर्ष अवार्ड सर्कलहरूमा धेरै बहस भएको छ । उनले नाटकमा उनले नायककी आमाको भूमिका निर्वाह गरेकी छन् ।

    उत्कृष्ट मौलिक गीतमा प्रायः कलाकारभन्दा गायन स्टारहरु हाबी हुन्छन् । यसपटक वाकान्डा फरेभरका लागि रिहानाको गीत ‘वेक मी अप’ दाबेदार हो । टपगन माभेरिक फिल्ममा समावेश ‘होल्ड माइ ह्यान्ड’बाट लेडी गागा अर्की प्रतिस्पर्धी हुन् । दक्षिण भारतीय फिल्म आरआरआरको गीत नाटु नाटु यो विधामा अर्को बलियो दाबेदार हो ।

    यस वर्ष उत्कृष्ट निर्देशकका लागि मनोनयनमा परेका सबै पुरुष हुने सम्भावना छ । जसमा स्टीभन स्पिलबर्ग (द फेबेलम्यान्स), टोड फिल्ड (टार), मार्टिन म्याकडोनाघ (बान्सिस अफ इनसिरिन्को), बाज लुहरमन (एल्विस), र जोसेफ कोसिन्स्की (टप गनः माभेरिक) छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ