आइतबार, जेठ ६ गते २०८१

शाहरुख खानको ‘पठान’ले अग्रिम बुकिङमै कमायो ५० लाख

शाहरुख खानको ‘पठान’ले अग्रिम बुकिङमै कमायो ५० लाख

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • शाहरुख खानको ‘पठान’ले अग्रिम बुकिङमै कमायो ५० लाख

    काठमाडौं– बलिउड अभिनेता शाहरुख खानको फिल्म  ‘पठान’ बुधबार रिलिज हुँदैछ। ‘बाइकट बलिउड’ ट्रेन्डका बाबजुद पनि फिल्मको एड्भान्स बुकिङ उच्च देखिएको छ। बुकिङ सुरु भएको पहिलो दिन नै झन्डै २ लाख टिकट बिक्री भएको थियो भने दोस्रो दिन बिहानसम्म ४ लाख ३० हजार पुगेको छ। 

    images


    यसअघि यस्तो ओपनिङ ‘बाहुबली २’ मा देखिएको थियो। उक्त फिल्मको अग्रिम बुकिङ ६ लाख थियो। मुम्बइको एउटा थिएटर १ जनाले मात्र बुक गरेका छन्। शाहरुखको फ्यान बताउने उनले टिकट एसिड सर्वाइभर र शाहरुखकी महिला फ्यानलाई बाँड्ने बताएका छन्। 

    यो फिल्मकै कारण बन्द रहेका २५ सिंगल थिएटर फेरि फिल्म चलाउनेछन्। अग्रिम बुकिङमै ५० करोड कमाइ गरिसकेको फिल्मले आफ्नो आम्दानी दोस्रो दिनमा १०० करोड पुर्‍याउने बलिउड विश्लेषकहरुको अनुमान छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार