शुक्रबार, मंसिर १४ गते २०८१

चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून 

चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून 

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून 

    चीनको उत्तरी सहर मोहेमा हालसम्म्कै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । रुसी सीमाना नजिकै रहेको हेइलोङजियाङ प्रान्तमा पर्ने सहर मोहेमा स्थानीय मौसम विज्ञान स्टेशनले माइनस ५३ डिग्री सेल्सीयस रेकर्ड गरेको हो ।

    images

    यसअघि सहरको सबैभन्दा चिसो तापक्रम सन् १९६९ मा माइनस ५२.३ डिग्री सेल्सियस थियो । सन् २००९ को डिसेम्बरमा चीनको भित्री मङ्गोलियाको गेन्हे सहरमा –५८ डिग्री सेल्सियस रेकर्ड गरिएको सबैभन्दा चिसो तापक्रम हो । मोहे चीनको सबैभन्दा चिसो मानिने सहर हो जहाँ सामान्यतया ८ महिनासम्म चिसो जारी रहन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार