पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।
साथै राष्ट्रपति निर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णतालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।