मंगलबार, कात्तिक २० गते २०८१

माओवादी केन्द्रको स्थायी र केन्द्रिय समिति बैठक आह्वान

माओवादी केन्द्रको स्थायी र केन्द्रिय समिति बैठक आह्वान

अखबार दैनिक
सोमबार, माघ ९ २०७९
  • माओवादी केन्द्रको स्थायी र केन्द्रिय समिति बैठक आह्वान

    माघ ८ काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलार्ईएको हो । 

    images

    सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ । जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार