मंगलबार, कात्तिक २० गते २०८१

कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् उपसभामुखमा मनोनयन दर्ता

कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् उपसभामुखमा मनोनयन दर्ता

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् उपसभामुखमा मनोनयन दर्ता

    माघ ६ काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयमा मुक्ताले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।

    images

    धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । यता, सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।

    संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार