सोमबार, जेठ ७ गते २०८१

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले घोषणा गरे नयाँ फिल्म ‘डिग्री माइला’, दशैंमा रिलिज गर्ने

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले घोषणा गरे नयाँ फिल्म ‘डिग्री माइला’, दशैंमा रिलिज गर्ने

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले घोषणा गरे नयाँ फिल्म ‘डिग्री माइला’, दशैंमा रिलिज गर्ने

    काठमाडौं । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा फिल्म निर्माण हुने भएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले शुक्रबार उक्त फिल्मको औपचारिक घोषणा गरे ।

    images

    गुरुङकै निर्देशन रहने फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत हुनेछन् । रामबाबुकै पटकथा लेखन रहेको फिल्मको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो । यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो ।

    आगामी दशैंमा रिलिज गर्ने योजना रहेको फिल्मको नायिका चाहिं चाँडै फाइनल गर्ने तयारी छ । ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारी छ । कमेडी ड्रामा जनरामा बन्ने फिल्म छायांकनको लागि लोकेसन लगायतका पक्ष तय हुँदैछन् । यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ,रामबाबु निर्देशित ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन तयारीमा छ । वर्ष २०८० को अन्तिमतिर ‘कबड्डी ५’ निर्माणको योजना छ ।


    काठमाडौं । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा फिल्म निर्माण हुने भएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले शुक्रबार उक्त फिल्मको औपचारिक घोषणा गरे ।

    गुरुङकै निर्देशन रहने फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत हुनेछन् । रामबाबुकै पटकथा लेखन रहेको फिल्मको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो । यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो ।

    आगामी दशैंमा रिलिज गर्ने योजना रहेको फिल्मको नायिका चाहिं चाँडै फाइनल गर्ने तयारी छ । ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारी छ । कमेडी ड्रामा जनरामा बन्ने फिल्म छायांकनको लागि लोकेसन लगायतका पक्ष तय हुँदैछन् । यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । रामबाबु निर्देशित ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन तयारीमा छ । वर्ष २०८० को अन्तिमतिर ‘कबड्डी ५’ निर्माणको योजना छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार