मंगलबार, कात्तिक २० गते २०८१

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ: डा. सीके राउत

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ: डा. सीके राउत

अखबार दैनिक
बिहीबार , माघ ५ २०७९
  • पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ: डा. सीके राउत

    जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पदका लागि नभइ देशलाई सङ्कट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

    images

    बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले पदका लागि नभइ देशलाई सङ्कटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमति केका लागि हो भन्दै सदनमा प्रश्नसमेत गर्नुभयो । उहाँले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको हो भन्दै प्रश्न पनि गर्नुभयो । अनुहार, जाति र समुदायभन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न उहाँको आग्रह छ ।


    उहाँले भन्नुभयो, ‘सभामुखको चुनावका लागि विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको कुरा आयो । राष्ट्रिय सहमति केका लागि रु पदका लागि मात्रै हो कि ? देश सङ्कटमा परेको बेलामा राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदका लागि मात्रै किन कुरा रु दलभन्दामाथिको कुरा गरिन्छ ।’

    सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा एक मिनेट मौनधारण गर्न आग्रह गर्नुभएको थियो । जसमा संसदमा उपस्थित धेरैजसो दल र सांसदले एक मिनेट उठेर मौन धारण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार