माघ ४ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेका थिए ।