सोमबार, वैशाख ९ गते २०८२

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

अखबार दैनिक
बुधबार, माघ ४ २०७९
  • सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

    माघ ४ काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

    images

    उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुन्छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको छैन ।’

    सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ