मंगलबार, कात्तिक २० गते २०८१

संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा

संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा

    २६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।

    images

    विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

    हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापना गरेको भन्दै देउवाले भने, ‘आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो ।’

    संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने उनले बताए । यद्यपि आफ्नो दल प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने देउवाले बताए ।

    उनको सम्बोधनको अंश
    प्रतिनिधिसभाको हिजो बैठकमा एमाले अध्यक्ष वर्तमान सत्तासिन नेताको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदारसँग उठाउनु भएको छ । संविधानको पालना र रक्षाका लगि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप संसद पुनस्थापिना गरेको थियो । आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो । वर्तमान प्राधनमन्त्रीले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाका लागि उहाँ उभिनु हुन्छ भन्ने विश्वासको साथ मुलुकका विद्यामान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नुहुन्द्ध भन्ने विश्वासका सात तत्कालका लागि उहाँले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार