सोमबार, जेठ ७ गते २०८१

‘केजीएफ ३’ सन् २०२५ मा आउने, पाँचौं भागपछि यशलाई रिप्लेस गर्ने निर्माताको संकेत

‘केजीएफ ३’ सन् २०२५ मा आउने, पाँचौं भागपछि यशलाई रिप्लेस गर्ने निर्माताको संकेत

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • ‘केजीएफ ३’ सन् २०२५ मा आउने, पाँचौं भागपछि यशलाई रिप्लेस गर्ने निर्माताको संकेत

    काठमाडौं । प्रतीक्षित भारतीय फिल्म आगामी सन् २०२५ मा रिलिज हुने भएको छ । निर्माण कम्पनी होम्बले फिल्म्सले अभिनेता यशको जन्मदिन छेकोमा प्रदर्शन मिति बाहिर ल्याएको हो ।

    images

    भारतीय सञ्चारमाध्यमका अनुसार होम्बले फिल्म्सका संस्थापक विजय किरणगन्दुरका अनुसार सन् २०२५ मा फिल्मको तेस्रो श्रृंखला सार्वजनिक हुनेछ ।


    यतिबेला फिल्म निर्देशक प्रशान्त नील ‘सालार’को निर्माणमा व्यस्त छन्, त्यसपछि उनी ‘केजीएफ ३’ को काममा लाग्नेछन् । विजयले केजीएफलाई पाँच भागमा बनाउने र त्यसपछि मुख्य नायकलाई रिप्लेस गर्ने सम्भावना पनि रहेको बताए । निर्देशक नील अहिले ‘सालार’ जस्ता अन्य प्रोजेक्टमा काम गरिरहेकाले आगामी दुई वर्षमा फिल्म फ्लोरमा जान सम्भव नभएको संस्थापक विजय किरणगन्दुरले जनाए ।

    ‘जब उनी त्यसबाट स्वतन्त्र हुन्छन्, केजीएफको अर्को भागमा संलग्न हुनेछन्,’ उनले भने । आगामी दिनमा यशबाहेक अरु कोही फिल्मको मुख्य नायक रकी भाइको भूमिकामा देखिने पनि विजयले बताए । ‘जेम्स बन्ड’ सिरिजमा जसरी मुख्य नायक परिवर्तन भइरहन्छ, त्यसैगरी पाँचौं पार्टपछि अर्को कलाकार रकी भाइको भूमिकामा देखिन सक्ने उनको भनाइ छ ।


    यशले ‘केजीएफ’ गर्नुअघि नौवटा फिल्ममा काम गरिसकेका थिए तर २०१८ को उक्त फिल्मबाट वास्तविक स्टारडम पाएका थिए । यही फिल्मले उनलाई सुपरस्टार बनायो । उनको चरित्र रकी भाइले जनताको मनमा राज गर्न थाल्यो । फिल्मले २५० करोड भारु कलेक्सन गरेको थियो । यो फिल्मसँगै कन्नड सिनेमाले देशभर पहिचान पायो ।

    यसपछि २०२२ मा आएको केजीएफको दोस्रो संस्करणले अभिनेता यशलाई विश्वव्यापी लोकप्रियता दिलायो । १०० करोडमा बनेको यो फिल्मले विश्वभर १२ सय करोड भारु कलेक्सन गरेको थियो । यो भारतको विश्वभर सबैभन्दा धेरै कमाउने फिल्मको तेस्रो नम्बरमा छ । केजीएफ-२ रिलिजको समयमा मानिस दक्षिण भारतका सडकमा उत्रिए । टिकट ब्ल्याकमा बिक्री भइरहेको थियो । थिएटरबाहिर यशका कटआउट थिए । ढोल बजाएर यशको कटआउटको आरती भइरहेको थियो भने कतिपय ठाउँमा दूध अभिषेक पनि गरिएको थियो ।

    बैंग्लोरमा फिल्म हेर्न क्रेजी फ्यान यति आतुर थिए कि भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । नेपालमा समेत मध्यरातमा पनि फिल्मको पहिलो शो तय गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार