शनिबार, कात्तिक १७ गते २०८१

प्रदेश १ मा सहमति: मुख्यमन्त्रीमा पहिलो साढे २ वर्ष कार्की, त्यसपछि आङ्बो

प्रदेश १ मा सहमति: मुख्यमन्त्रीमा पहिलो साढे २ वर्ष कार्की, त्यसपछि आङ्बो

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • प्रदेश १ मा सहमति: मुख्यमन्त्रीमा पहिलो साढे २ वर्ष कार्की, त्यसपछि आङ्बो

    प्रदेश नं.१ मा केन्द्रीय गठबन्धनअनुसारकै सरकार बन्ने भएको छ । सरकारको नेतृत्व भने नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले गर्ने भएका छन् । उनले आइतबार अपराह्न ४ बजे सरकारको नेतृत्वमा दाबी गर्दैछन् । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कार्कीले सरकारको नेतृत्वमा दाबी गर्न लागेका हुन् ।

    images

    गठबन्धनमा रहेका दलहरूमध्ये दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले एमालेका कार्कीलाई मुख्यमन्त्री बन्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रका संसदीय दलका सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ले भने, ‘पहिलो साढे २ वर्ष हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’


    साढे २ वर्षपछि भने सरकारको नेतृत्व माओवादी केन्द्रले लिने उनले बताए । ‘साढे दुई वर्ष उहाँ (हिक्मत कार्की) मुख्यमन्त्री बन्नुभएपछि पुनस् मुख्यमन्त्री हामी पाउँछौँ, हाम्रो इन्द्र आङ्बो कमरेड मुख्यमन्त्री बन्नुहुन्छ,’ उनले भनेका छन् ।

    यसमा एमालेले सहमति जनाइसकेको शेर्पाले बताए । ‘यो सहमति नै हो,’ उनले भने, ‘भद्र सहमति भएको हो । यसको पालना एमालेले गर्दैन भन्नेमा त कुनै शङ्क राख्नै भएन नि १’

    मन्त्रालयीय अन्य भागबन्डा भने कार्की मुख्यमन्त्री नियुक्त भएपछिमात्रै हुने शेर्पाले बताएका छन् । ‘अगाडि सरकारमा दाबी गरौँ, त्यसपछि मात्रै अन्य भागबन्डा गर्ने भन्नेबारे सहमति भएको छ,’ उनले भनेका छन् ।

    ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग ६० सांसद छन् । एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार