शनिबार, कात्तिक १७ गते २०८१

सत्ता साझेदार दलको बैठक आज बस्दै, प्रदेशको भागबण्डा टुंग्याइने !

सत्ता साझेदार दलको बैठक आज बस्दै, प्रदेशको भागबण्डा टुंग्याइने !

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • सत्ता साझेदार दलको बैठक आज बस्दै, प्रदेशको भागबण्डा टुंग्याइने !

    एमाले नेतृत्वको नयाँ सत्ता साझेदार दलको बैठक आज बालुवाटारमा बस्दैछ। प्रदेशका  मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन साँझ सत्ता साझेदार दलको बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ। 

    images

    प्रदेश सरकार गठनको मिति नजिकिएकाले दलहरू आन्तरिक छलफलमा समेत जुटेका छन्। प्रदेश नम्बर १ मा सरकार गठनको आज अन्तिम दिन रहेको छ। प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्तिका लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ।

    प्रदेश नं. १का नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । 

    अन्य प्रदेशको भागबण्डा पनि आजको बैठकमा छलफल हुनेछ। केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। 

    एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले मंगलबार विश्वासको मत लिँदैछन्। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रचण्डलाई १६९ सांसदको समर्थन रहेको छ।

    नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। प्रचण्ड प्रधानमन्त्री बने पनि नयाँ समीकरणमा आबद्ध दलभित्र धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी छ। बालकोटको बैठकमा गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ।

    प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार