मंगलबार, जेठ ८ गते २०८१

इलाममा १ सय ५० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इलाममा १ सय ५० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • इलाममा १ सय ५० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    इलाम । इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

    images

    नगरपालिकाले चिसो बढेसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको हो । ७५ वर्ष माथिका १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई नगरपालिकाको वडा नम्बर–९ ले न्यानो कपडा वितरण गरेको हो । चिसोमा जेष्ठ नागरिकलाई रोगले च्याप्ने हुँदा स्वास्थ परीक्षण गरेर निःशुल्क औषधि वितरण समेत गरिएको छ ।


    चिसोमा न्यानो कपडा लगाउन प्रोत्साहित गरिएको, आर्थिक रुपले अशक्त ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो । नगरपालिकाले समाजिक सुरक्षा भक्ता सहज रुपमा वडाबाटै वितरण गर्ने व्यवस्था समेत सुरु गरेको छ । ज्येष्ठ नागरिकको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम पनि ल्याएको छ ।

    न्यानो कपडा प्राप्त गरेसँगै जेष्ठ नागरिकहरू पनि खुशी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार