शनिबार, कात्तिक १७ गते २०८१

मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

अखबार दैनिक
बिहीबार , पुस १४ २०७९
  • मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

    जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    images

    नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् ।

    नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ ‘१’ बाट निर्वाचित भएका हुन् । प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ । सभामुख चयन नहुँदासम्म सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार